काठमाडौं । सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति आज बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेको लागि बैठक बोलाएका छन् ।
संसदीय दलको बैठक बिहान साढे १० बजे बालुवाटारमा बस्दैछ,भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ । माधव नेपाल र झलनाथ खनाल पक्षले भने ओलीले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।
शुक्रबार नै काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया