टी–ट्वान्टी क्रिकेट सिरिजमा इंग्ल्याण्डलाई हराउदै भारत विजयी

लोकपथ
0
Shares

काठमाडौं । इंग्ल्याण्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज भारतले हात पारेको छ । अहमदाबादमा शनिवार राती भएको पाँचौ टी–ट्वान्टीमा ३६ रनको जित हात पार्दै भारतले ३.२ ले सिरिज आफ्नो पक्षमा पारेको हो ।

पछिल्ला दुई खेलमा सनसनी प्रदर्शन गर्दै भारतले ३.२ ले सिरिज जित्न सफल भएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

कप्तान विराट कोहलीले नटआउट ८० र रोहित शर्माले ६४ रन बनाए । २ सय २५ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इंग्ल्याण्ड भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रनमै रोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?