काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा सोमबार ढाका जाँदै छिन् । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान चार्टर गरेर उनी त्यसतर्फ जान लागेकी हुन् ।
स्रोतका अनुसार निगमका दुई न्यारोबडी विमानमध्ये ‘लुम्बिनी’ ले सोमबार बिहान पौने ९ बजे काठमाडौंबाट भण्डारीसहित ३९ जनालाई ढाका पु¥याउने छ । मंगलबार अर्को न्यारोबडी ‘सगरमाथा’ ले ढाकाबाट काठमाडौ ं ल्याउने छ । चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने जानकारी पाएको ती अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया