काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा सेभिया रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भालाडोलिडको मैदानमा अन्तिम समयमा गोलकिपर यासिन बोउनोउले गोल गरेपछि सेभियाले बराबरी खेलेको हो । खेलको ४४ औं मिनेटमा फाबियन ओरेल्लानाले पेनाल्टीमा गोल गर्दै भालाडोलिडलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा यासिन बोउनोउले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै सेभियाले २८ खेलमा ५५ अंक जोडेको छ ।
सेभिया लिगको चौंथो स्थानमा रहेको छ । भालाडोलिड २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया