नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एमडीआरटी बन्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

शुक्रवार राजधानीको हायात होटलमा आयोजित समारोहकाबीच अभिकर्ताहरुलाई सम्मान गरिएको हो । विश्वभर रहेका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था (मिलियन डलर राउण्ड टेबल) अर्थात एमडीआरटीले २०२१ मा सहभागी हुन योग्य अभिकर्तालाई खादा, माला, र प्रशंसा पत्र दिएर सम्मान गरिएको हो । इन्स्योरेन्स कम्पनीमा कार्यरत २ सय ३८ जना एमडीआरटी २० जना कोर्ट अफ द टेबल र ९ जना टप अफ द टेबल गरि २ सय ६७ जना अभिकर्ताहरु मिलियन डलर राउण्ड टेबलमा सहभागी हुन योग्य छानिएका छन् ।

उक्त कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले स्वागत मन्तव्य राख्नु गरेका थिए । अधिकृत चौधरीले भने मिलियन डलर राउण्ड टेबल जस्तो अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाटन हुनुका साथै क्षमता विकास, काम गर्न उत्प्रेरणा प्राप्त हुने बताए । यस्तै कम्पनीका उप–महाप्रबन्धक उमापति पोखरेलले पनि मिलियन डलर राउण्ड टेबल एमडीआरटी २०२१ का लागि योग्य ठहरिएका अभिकर्तालाई बधाई दिएकी छन् । त्यस्तै आगामी दिनमा अझै सफलताको सिढि चढ्दै जानुहोस् भन्दै शुभकामना दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने अभिकर्ताहरुलाई धन्यवाद दिँदै आगामी सफल यात्राको कामना गरेका छन् । उनले हरेक समस्यासँग भाग्ने नभई समस्याको सामना गरी निरन्तर संघर्ष गर्नुले नै सफलताको शिखर हाशिल हुने बताए । साथै अभिकर्ताहरुको निरन्तर साथ र सहयोगले कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

यता पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुश गरी कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रमले अभिकर्ताहरु माझ जोश र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यसैगरी पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।

नेपाल लाइफका वरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक सोन आलेमगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखेका थिए । साथै कार्यक्रमको सञ्चालन सुनिता पोखरेलले उत्कृष्ट ढंगले गरेको भन्दै कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रम सफल बनाउनका लागि गरेको रचनात्मक कार्यको उच्च प्रसंशा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?