काठमाडौं । नेपाल सरकारले भारत बायोटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभ्याक्सिनलाई सशर्त प्रयोग अनुमति दिएको जनाएको हो ।
विभागले शुक्रवार सूचना जारी गर्दै कोभ्याक्सिन एक डोज मात्रा ०.५ एमएल दिइने र यो खोपलाई २–८ डिग्री सेन्टिग्रेट तापक्रममा अधिकतम ६ महिना भण्डारण गर्न सकिने जनाएको छ ।
योसँगै कोभ्याक्सिनसहित नेपालमा कोभिड–१९ विरुद्धका तीनवटा खोपले प्रयोग अनुमति पाएका छन् । यसअघि सरकारले भारतको सिरम इन्टिच्युटको कोभिसिल्ड र चीनको सिनोफार्म खोपलाई प्रयोग अनुमति दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया