देश परिर्वतनको जिम्मा शिक्षकको काँधमा आएको छ : पूर्व सभामुख महरा

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले देश परिर्वतनको जिम्मा शिक्षकको काँधमा आएको बताएका छन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगर कमिटीले बाह्रकुनेमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेपालको शैक्षिक आन्दोलनमा शिक्षकको भुमिका महत्वपूर्ण रहेको भन्दै नेपालको पछिल्लो राजनितिक घटनाको निकास दिन देशभरका शिक्षकले सरकारलाई दवाब दिनु पर्ने धारणा व्यक्त गरे ।

आफ्नोे राजनितिक यात्रा शिक्षण पेशाबाट शुरु गरेको स्मरण गर्दै पूर्व सभामुख महराले पछिल्लो समय सरकारले शिक्षक माथि गरेको व्यवहार अन्यायपूर्ण रहेको टिप्पणी गरे । नेपालको मुलधारको राजनिति आफू लागेपनि फेरी शिक्षक पेशामा फर्कने चाहेको उल्लेख गरे ।

त्यसअवसरमा माओवादी केन्द« दाङका संयोजक सुवास पुन, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज बसन्तराज अधिकारी, जिल्ला अध्यक्ष हुकुम बुढाथोकी, लगाएतले बताएका थिए । नगर अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भउको कार्यक्रमको संचालन सचिव खड्क बहादुर वलीले गरेका थिए । कार्यक्रममा घोराही नगरक्षेत्रका झण्डै २ सय शिक्षकको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?