सात दिनभित्र कमजोरी सुधार्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सात दिन भित्र सम्पूर्ण कमीकमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आइतवार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले विमानस्थल भित्रका पुर्वाधार निर्माण, मर्मत लगायत कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको, उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको अनुभव यात्रुलाई गराउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?