रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका वडा नम्बर ११ की अन्दाजी १९ वर्षिया युवतीलाई बलात्कार गरी हत्या गर्ने उदेश्यले जंगल छाडेको आरोपमा प्रहरी जवान पकाउ परेको छन् । इलाका प्रहरी कार्यालय
बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले रुपन्देही घर भई युक्ती प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारुलाई आज पक्राउ गरी बलात्कारपछि हत्याको प्रयास अभियोगमा मुद्दा दर्ता गरेको बताए ।
प्रहरी जवान थारुले विपन्न परिवारकी युवतीलाई बलात्कार गरेर हत्या गर्ने उदेश्यले घाँटीमा झोलाको फिताले बाँधेर लत्तार्दै जंगलमा पु¥याएर छाडेका थिए । त्यसपछि फरार उनी रहेका थिए । बेहोस युवतीको स्थानीयहरुले हिजो बिहान उद्धार गरेका थिए । अनुसन्धानका क्रममा आज प्रहरीले थारुलाई प्रकाउ गरेका छन् ।
अन्दाजी २२ वर्षिय प्रहरी जवानलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया