महोत्तरी । महोत्तरी प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती घटनामा एक महिनापछि प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आईतवार एक पत्रकार सम्मेलन गर्दै झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
महोत्तरी प्रहरीले झा दम्पती बेपत्ता भएको सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान गरेको २ दिन नबित्दै ४ जनालाई सो घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरेको छ । तर झा दम्पतिको अवस्था र उनीहरु जीवित रहे\नरहेको विषयमा भने अहिलेसम्म केही स्पष्ट हुन नसकेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनाए ।
गत फागुन १० गते सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया