काठमाडौं । लुम्बिनी प्रदेश केन्द्रित भएर कारोबार सञ्चालन गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा पनि शाखा विस्तार गरेको छ । बैंकले एकैदिन काठमाडौंका विभिन्न ठाउँहरुमा पाँच नयाँ शाखा विस्तार गरेको छ ।
यसैक्रममा बैंकले काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
एक वर्ष अघि राष्ट्रियस्तरको विकास बैंक्को मान्यता पाएसँगै देशको केन्द्रीय राजधानी काठमाडौंमा शाखा विस्तार गर्ने योजनामा बैंक रहेको थियो । आइतवार एक कार्यक्रमकाबीच एकै पटक पाँच शाखा उद्धघाटन गरेर उपत्यकामा आफ्नो उपस्थिती देखाएको हो ।
२०६५ सालमा रुपन्देहीबाट शुरु भएको यस बैंकको हाल ८० शाखा रहेको बैंकले जनाएको छ । बैंकका अनुसार हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ४० करोड तथा पुँजीकोष ६ अर्ब नजिक रहेको छ । त्यस्तै हाल बैंकसँग ४ लाख ग्राहक रहेका छन् ।
राष्ट्र बैंकको मार्ग निर्देशनमा आजको दिनसम्म आइपुगेको भन्दै शाइन रेसुङ्गाले कृतज्ञता समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया