काठमाडौं । बाँकेमा पाटे बाघको छालासहित ४ जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-१ च्यामास्थित सडकबाट पाटेबाघको १ थान छाला र बाघको हड्डी जस्तो देखिने २ किलो ५ सय ग्राम हड्डीसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ठेगाना भएका ५० वर्षीय गंग बहादुर खत्री तथा २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका-४ ठेगाना भएका ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका-४ ठेगाना भएका ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।
चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई उक्त ठाउँमा अवैध बाघको छाला र हड्डीको कारोवार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया