हट्यो महँगा गाडिमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिबन्ध खुलाएको छ ।

हरेक वर्ष उच्च रुपले वृद्धि भएको व्यापारघाटा न्यूनिकरण गर्न सकारले महँगा गाडिमाथि लगाएको प्रतिबन्ध लगाएको थियो । निर्वमान अर्थमन्त्री डा.युवराज खतिवडाले व्यापार घाटा न्युनिकरण गर्न भन्दै महँगा गाडिको आयातमा प्रतिन्ध लगाएका थिए ।

त्यस्तै कोरोनाका कारण पनि अर्थतन्त्रमा समस्या देखिएको छ । त्यसैका कारण पनि महँगा र ठुला गाडीमा प्रतिबन्ध लगाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडीको आयात खुलाएको हो ।

त्यस्तै सरकारले अघिल्लो वर्षदेखि आयातमा प्रतिबन्ध लगाएका मरिच, केराउ, छोकडा तथा सुपारी आयातमा लगाएको प्रतिबन्ध पनि खुलाएको छ । सरकारले केराउ ८० हजार मेट्रिकटन ,सुपारी २५ हजार, छोकडा ५ हजार मेट्रिकटन आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको छ । त्यस्तै नधुल्याएको मरिच १५ हजार मेट्रिकटनमात्र आयात गर्न पाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?