माओवादी केन्द्रको बैठक सिंहदरबारमा जारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा विविध विषयमा छलफल भइरहेको छ ।

यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो ।

साढे आठ बजेदेखि शुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारवाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने भएको छ ।

माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?