जम्मू-कश्मीरमा कक्षा १० का ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण

श्रीनगर । जम्मू–कश्मीरमा कक्षा १० को परीक्षामा सहभागी ७५ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएका छन् । तर, एक दर्जन भन्दा बढी सार्वजनिक विद्यालयका विद्यार्थीहरु अनुर्तिण भएको नतिजाले देखाएको छ ।

गत वर्ष जम्मू–कश्मीर विद्यालय शिक्षा परिषद्ले लिएको परीक्षामा समग्रमा ७५ प्रतिशत विद्यार्थी उतिर्ण भएका हुन् । ती मध्ये ७४ प्रतिशत छात्रहरु छन भने ७६ प्रतिशत छात्राहरु छन् । ७५ हजार एक सय ३२ जना परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ५६ हजार तीन सय ८४ जना उतिर्ण भएका छन् भने १८ हजार छ सय २६ विद्यार्थी अनुतिर्ण भएका छन् ।

कोभिड–१९ को महामारीको समयमा स्मार्ट फोन तथा अन्य विद्युतिय सेवाबाट वञ्चित भएका कारण एक दर्जन भन्दा धेरै सार्वजनिक विद्यालयका विद्यार्थीहरु अनुतिर्ण भएको बताइएको छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?