काठमाडौं। प्रभु बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका विद्यार्थीहरुलाई बैंकिङ्ग सम्बन्धी ज्ञान प्रदान गरेको छ ।
बैंकले सिन्धुपाल्चोक जिल्ला स्थित तेर्से माध्यमिक, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरूलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराई बैंकिङ्ग साक्षरता ज्ञान प्रदान गरेको हो ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन-सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरूको स्थलगत अवलोकन गराइएको बैंकले जनाएको छ ।
सो अवसरमा विद्यार्थीहरूले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञासाहरू समेत राखेका थिए।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको बैंकको दाबी छ ।
आगामी दिनहरूमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय तहको बैंकिंग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिवद्ध रहेको बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया