भारतमा बस र टेम्पो ठोक्किँदा १३ जनाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान बस र टेम्पो ठोक्किँदा १३ जनाको ज्यान गएको छ । पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको ग्वालिएर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेका छन् ।

राज्य सरकारले मृतकको परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार सहायता रकम दिने घोषणा समेत गरेको छ । भने साथै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?