काठमाडौं । तेह्रथुममा यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई आइतवार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया