काठमाडौं । नेपाली बजारमा मंगलवार नेप्से परिसूचक १४ दशमलव ५७ प्रतिशतले बढेको छ ।
त्यससँगै मंगलवार नेप्से परिसूचक २ हजार ५ सय २८ अंक कायम भएको नेपाल स्टक एक्सचेन्ञ्ज (नेप्से) ले जनाएको छ ।
नेप्सेका अनुसार आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज होटल तथा पर्यटन समूह १५५, निर्जीवन बीमा १७४ र जलविद्युत समूह १२९ अंकले बढेका छन्। त्यसैगरी व्यापार समूह ३४६ अंकले नेप्सेले जनाएको छ ।
त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादनसहित अन्य ११ र जीवन बीमा समूहको शेयर घटेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया