काठमाडौं । मान्छेलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ बाँके राष्ट्रिय निकुञ्जको टाइगर होल्डिङ सेन्टरबाट भागेको छ । गत बिहीवार बर्दियाबाट नियन्त्रणमा लिइएको सो बाघ आज (मंगलवार) खोर भत्काएर भागेको हो ।
बाघ भागेपछि निकुञ्जको सुरक्षामा खटेको नेपाली सेनाले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । साथै निकुञ्जभित्र पर्ने पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रामा कडाइ गरेको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले बाघको खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया