एजेन्सी । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।
नेता किम जोङ उन र उनकी बहिनीले दक्षिण कोरियाको समेत संलग्नतामा सयुक्त सैन्य अभ्यास गरेकोप्रति अमेरिकाको आलोचना गरेलगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको सीएनएनले जनाएको छ ।
उत्तर कोरियाले गरेको क्षेप्यास्त परीक्षणको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका हुन् । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले क्षेप्यास्त परीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि वार्ता गर्ने बताइरहेका बेला पुनः क्षेप्यास्त परीक्षण भएको हो ।
अमेरिकी विदेशसचिव एन्टोनी ब्लाइन्केनले गत हप्ता उत्तर कोरियालाई आफ्ना आणविक कार्यक्रम स्थगन गर्नका लागि दवाव दिन चीनसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो । तर चिनियाँ अधिकारीहरुले उत्तरको क्षेप्यास्त्र परीक्षणलाई कम गर्न आणविक कार्यक्रम अनुसार नै संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश नभएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया