काठमाडौं । माछापुच्छ्रे बैंकले देशका सातै वटा प्रदेशमा क्यूआर कोड सेवा शुरूवात गरेको छ ।
नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्धेश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यू आर कोड सेवा शुरुवात गरेको हो ।
आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्कायातायात, नमुनाहङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यू आर कोड सेवाको शुरुवात गरेका छन् ।
त्यसै गरि नगदरहितकारोवारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले हिजो मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमानेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्यू आर कोड हस्तान्तरण गरको बैंकले जनाएको छ । यसअघि बैंकले विभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यू आर कोड सेवा शुरु गरेको बैंकले जनाएको छ ।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यू आर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको बैंकका दबी छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमाआक्रमक रुपमा यो सेवाप्रदानगर्दै आइरहेको बैंकले जनाएको छ।
बैंकले देशकाविभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यू आर कोड सेवाले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको बैंकको दाबी छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवाविस्तार गरिरहेको छ र आगामीदिनमापनि यो क्रमलाई निरन्तरतादिदै जाने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया