काठमाडौं । पछिल्लो समय बैंकहरुले तीव्र रुपमा कर्जा लगानी विस्तार गरेका छन् ।
अर्थतन्त्र लयमा फर्कँदै गर्दा विभिन्न विकास निर्माणका काम सम्पन्न भइरहेकाले बैंकहरुले तीव्र रुपमा कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालनमा रहेका कुल २७ वाणिज्य बैंकले चैतको पहिलो सातामै २३ अर्ब ३७ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । यस अवधीमा बैंकहरुले १४ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
बैंकहरुले गत फागुनसम्म २८ सम्म ३४ खर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले चैत ४ गते कर्जा बढेर ३४ खर्ब ३४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकहरुले यस अवधीमा ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस अवधीमा झण्डै एक दर्जन बैंकले कर्जा लगानी वृद्धि गरेका छन् ।
चैत पहिलो सातासम्म कुल १० वटा निक्षेप घटाएर कर्जा लगानी बढाएका छन् । जसमा नेपाल बैंकको २ अर्ब ३३ करोड रुपैयाँ, लक्ष्मी बैंकको १ अर्ब ३४ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १ अर्ब ८१ करोड रुपैयाँले कर्जा लगानी गरेको बैंकर्स संघले जनाएको छ । त्यस्तै, प्रभु १ अर्ब २० करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको ७८ करोड रुपैयाँ कर्जा लगानी थपिएको छ । सिटिजन्स बैंकको ५३ करोड,एनएमबी बैंकको ४६ करोड, कृषि विकास बैंकको ९ करोड रुपैयाँले कर्जा प्रवाह भएको छ । त्यस्तै,मेगा बैंकको कर्जा लगानी १५ करोड रुपैयाँ,प्राइम बैंकको २८ करोड रुपैयाँले कर्जा थप भएको बैंकर्स संघले जनाएको छ ।
पछिल्लो समय बैंकहरुले कर्जा लगानी तिब्र बनाउँदा प्रणालीमा तरलता(लगानी योग्य पूँजी) मा दबाव परिहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया