बीमा संस्थानद्वारा विद्यार्थीहरुलाई बीमा सम्बन्धी सचेतना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विद्यार्थीहरुमाझ बीमा सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।

बुधवार संस्थानले जेभियर इन्टरनेशनल कलेजमा अध्ययनरत करिब सयजना विद्यार्थीहरुलाई बीमा सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बीमाको दायराको विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै संस्थानको चाबहिल शाखा प्रमुख अनिस रौनियारले बीमाको दायरा बढाउनको लागी बीमा सम्बन्धी सचेतना हुनु आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा बीमाको परिचय ,महत्त्व, इतिहास, प्रकार, सम्भावना, चुनौतीको बारेमा जानकारी दिइएको अध्यक्ष रौनियारले बताए।

त्यसैगरी उनले बीमा आजको आवश्यकता भइसकेको बताउँदै आफ्ना घर तथा समाजमा बीमाको बारेमा सुसुचित गराउन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?