काठमाडौं । इङ्ग्ल्यान्डले आफ्ना नागरिक विनाकारण विदेश भ्रमणमा गए जरिवाना गर्ने भएको छ । इङ्ग्ल्यान्डको संसदले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अनावश्यक रुपमा विदेश भ्रमण गए ५ हजार पाउन्ड जरिवाना गराउने नयाँ कानून ल्याएको हो ।
उक्त कानून आगामी सातादेखि लागु हुने बीबीसीले जनाएको छ । संसदले बिहीवार बिनाकारण विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने कानून पारित गरेको हो । यसहघिको नियममा पनि विदेश भ्रमण वर्जित थियो । अब त्यो प्रतिबन्ध यूकेमा रहेका सबैलाई कानुनका रूपमा लागु हुने भएको छ।
नयाँ कानूनी प्रतिबन्ध कम्तीमा मे १६ सम्म लागु हुनेछ । तर हाल युरोपेली मुलुुकहरुमा बढिरहेको संकमणका कारणप्रतिबन्ध अझै पछि धकेलिन सक्ने बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया