काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधवार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।
गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।
राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भोलि(बिहीवार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । मंगलवार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया