काठमाडौं । बजारमा सिमेन्ट कम्पनीका उत्पादन गुणस्तरहीन हुने गरेको गुनासो आइरहेको बेला नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमनलाई तिव्रता दिएको छ ।
सोही क्रममा चितवनको भरतपुरमा रहेको ॐ सिमेन्ट उद्योगको सिमेन्ट गुणस्तरहीन रहेको पाइएको छ ।
अनुगमनका क्रममा सिमेन्ट गुणस्तरहीन रहेको पाइएपछि विभागले सिमेन्टलाई बजारमा बिक्री वितरणमा रोक लगाएको जनाएको छ । कम्पनीबाट उत्पादन भएको प्राइम सिमेन्ट गुणस्तरहीन पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
ओम सिमेन्टले गुणस्तरहिन सिमेन्ट बजारमा बिक्रीवितरणको लागि पठाएको पाइएपछि विभागले कारवाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
सो उद्योगले सिमेन्ट उत्पादनको लागि उद्योगमा चाहिने न्यूनतम मापदण्ड पूरा नगरी उत्पादनको काम गरिरहेको भन्दै विभागले केही समयअघिदेखि ताकेता गरिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया