चीन सरकारले अनुदानमा उपलबध गराउने ८ लाख डोज खोप केही दिनमै ल्याउने तयारी सरकारले गरे पनि भविष्यमा यो खोप खरिद गर्ने/नगर्ने भन्नेचाहिँ निश्चित छैन।
विज्ञका अनुसार अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप जस्तो चिनियाँ खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिए पनि यसको आयतन (भ्याक्सिन भोलुम) अत्यधिक छ। यो खोपको हरेक डोज सिरिन्जमा अथवा भायलमा आउने भएकाले समग्र सिरिन्ज तथा भायललार्ई कोल्ड चेनमा राख्नुपर्ने हुन्छ। एउटा भ्याक्सिन क्यारियर (बाकस) मा अक्सफोर्ड र अस्ट्राजेनेकाको सय डोज खोप राख्न सकिन्छ भने चिनियाँ खोप १५ देखि २० सिरिन्ज मात्र अट्छ।
अक्सफोर्ड र अस्ट्राजेनेकाको प्रतिभायलमा ११ डोज खोप हुन्छ भने चीनको सिनोफर्मा कम्पनीले विकास गरेको खोप दुई हिसाबले उपलब्ध छ। यो खोप एकमात्र डोज रहेको भायलमा अथवा सिरिन्जमा उपलब्ध छ। यसरी समग्र कोल्ड चेन आवश्यकताका हिसाबले अक्सफोर्ड र अस्ट्राजेनेकाको खोपभन्दा चिनियाँ खोपलाई धेरै लजिस्टिक तयारी चाहिन्छ। विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियान (मास भ्याक्सिनेसन) मा त्यति उपयोगी नहुन सक्छ। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया