सेटिङमा विदेश जाने युवालाई प्रमाणपत्र दिने फन्दामा

लोकपथ
0
Shares

काठमाडौँ । वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन टोलीले वैदेशिक रोजगारीमा जानुपूर्व युवालाई दिने अभिमुखीकरण तालिमबिनै प्रमाणपत्र दिँदै गरेका नौ संस्थालाई कारबाही गरेको छ। टोलीले पछिल्लो एक सातामा १५ वटा अभिमुखीकरण तालिम दिने संस्थाको अनुगमन गरेकोमा नौवटाले तालिमबिना प्रमाणपत्र दिएको फेला पारेपछि कारबाही गरिएको हो।
टोलीले मङ्गलबार मात्रै काठमाडौँमा सञ्चालित निसान मल्टिपल ट्रनिङ (लाइसेन्स ८८) प्रा.लि, ग्लोबल क्यरियर टे«निङ प्रा.लि (लाइसेन्स २२) मा अनुगमन गर्ने क्रममा कैफियत देखिएपछि संस्थालाई कारबाही गरेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बिनातालिम प्रमाणपत्र दिएको फेला परेपछि ती संस्थाको तत्काल विभागबाट हुने सबै प्रकारका कारोबार रोक्का गरिएको जानकारी दिए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम नै नदिई सेटिङमा प्रमाणपत्र बिक्री गरेको अनुगमनका क्रममा भेटिएको विभागका महानिर्देशक दाहालले जानकारी दिए । विभागका अनुसार अनुगमनका क्रममा ग्लोबलले २६ जनाको हाजिर र इन्ट्री गरेर चार जनाले मात्रै तालिम लिएको पाइयो भने निसान मल्टिपलले २५ जनालाई हाजिर र इन्ट्री गरेर सात जनालाई तालिम नदिइकन सेटिङ प्रमाणपत्र दिएको पाइएको छ। महानिर्देशक दाहालले विभागको आकास्मिक अनुगमन टोलीले गएको सातादेखि अभिमुखीकरण तालिम दिने भनेर जिम्मा लिएका १५ वटा संस्थाको अनुगमन गरेकोमा नौवटाले तालिमबिना सेटिङमा प्रमाणपत्र दिने गरेको पाइएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?