काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निभाउनु पर्ने भुमिकाकाबाट चुकेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस सरकारमा जान मौन रहेको बेला डा. भट्टराईले धर्म बिर्सिएको बताएका हुन् ।
डा.भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नका लागि भएको बताएका छन् । उनले प्रतिपक्ष कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहनुपर्ने सुझाव समेत दिएका छन् ।
डा. भट्टराईले असंवैधानिक ढंगले भएको संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको स्पष्ट पारेका छन् ।
बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!
— Baburam Bhattarai (@brb1954) March 25, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया