जुसमा ड्रग्स मिसाई खुवाएर घरबेटीको छोरीमाथि बलात्कार, ४ महिनापछि पक्राउ परे युवक

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा घरबेटीको छोरीलाई लागूपदार्थ ड्रग्स खुवाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । नेपालगंजको उपमहा नगरपालिका-२० राझा घर भएकी १९ वर्षिया किशोरीलाई घर बाट भ्रणमा जाने बाहनामा बलात्कार गरेपछि प्रहरीले आरोपति २४ वर्षीय मिम बहादुर बुढालाई पक्राउ गरेको हो ।

गत मंसिर ५ गते बाँके वैजनाथ गा.पा.वडा नं-१ स्थित गाभर भ्यालीको होम स्टे भित्र लगी किशोरीलाई जुसमा लागूऔषध मिसाई खुवाई बेहोस बनाई बलात्कार गरि फरार मिम बहादुर बुढालाई काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा हाडीगाँउबाट पक्राउ गरेको हो ।

मिम बहादुर बुढा बिगत १० वर्ष देखी पिडितकै घरमा बस्ने गरेका थिए । गत मंसिर ५ गते बुढाले पिडितको आमासँग बहिनी (पिडित) र म भ्रमणमा जादैछौं भनि पिडितलाई घरबाट लिई गएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बलात्कारपछि पिडितलाई अचेत अवस्थामा नै घरमा ल्याई छाडी बुढा फरार रहेका थिए । पिडितको भेरी अस्पतालमा उपचारपश्चात हाल अवस्था सामान्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?