भीरबाट पाँच सय मिटर तल झर्‍यो स्काभेटर, चालकको मृत्यु

पाँचथर । पाँचथरको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ ।

निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ३२१ नम्बरको स्काभेटर आज दिउँसो चिप्लिएर दुर्घटना भएको हो । अप्ठ्यारो भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५ सय मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरक–फरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामुदायिक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो । हालैमात्र यहाँ सडकको ट्र्याक खोल्ने काम सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?