काठमाडौं । दैलेखमा एक आमाले छोराको हत्या गरी आफूले आत्महत्या प्रयास गरेकी छिन् । डुंगेश्वर गाउँपालिका–३ लेक्चाका थिरबहादुर थापा मगरकी श्रीमती हिरा थापा मगरले तीन वर्षीय छोरा उमेशको हत्या गरी आफूले आत्महत्या प्रयास गरेकी हुन् ।
छोरालाई डोरीले झुन्ड्याएर हत्या गरी उनले लेक्चा खोलाको भिरबाट हामफालेर आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रशेन सुनारले लोकपथलाई बताए ।
‘उनी घाइते भएकी छिन् । अहिले उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ,’सुनारले भने । ‘घटना बारे थप अनुसन्धान भइरहेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया