कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जलीका लागि १२ देखि २ बजेसम्म पार्टी कार्यालयमा राखिने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गर्न शनिवार बिहान साढे ११ बजे आकस्मिक बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ भने १० बजे यट्खास्थितनिवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ। काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८ः २४ मा नर्भिक अस्पतालमा भएको हो। ।

फागुन १४ गतेदेखि मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?