काठमाडौं । वायु प्रदुषणले गर्दा शनिवार पनि आन्तरिक तथा बाह्य उडान एंव अवतरण प्रभावित भएको छ। प्रदूषण बढेर भिजिबिलिटी कम भएका कारण शनिवार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थलले जनाएको छ।
टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिवार विहानैदेखि उडान प्रभावित भएको बताइएको छ ।
सामान्य अवस्थामा विहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए, भने शनिवार विमानस्थल ठप्प छ। कुन समयमा उडान अवतरण शुरु हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने तर भिजिबिलिटीको निगरानी गरिरहेको विमास्थलका अधिकारीहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया