काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेको छ । खनाल–नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा एमाले र माओवादी ब्युँताइदिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो ।
नेपाल समूहका नेताहरुले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्क्यौलमा पुगेको छ । शुक्रवार र शनिवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया