कतार सरकारले रोजगारदाता कम्पनीबाट तलब नपाएका श्रमिकलाई कल्याणकारी कोषबाट रकम भुक्तानी गर्न थालेको छ । कामदारको तलब सुरक्षित गर्नका लागि कतारले कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको थियो।
काठमाडौंस्थित कतारी दूतावासका अनुसार तलब नपाई स्वदेश फर्केका मर्करी मिनाका २४ जना श्रमिकलाई कल्याणकारी कोषबाट भुक्तानी गरिसकिएको छ । यसभन्दा अगाडि तलब छाडेर स्वदेश फर्केका नेपाली श्रमिकले तलब पाउने गरेका थिएनन् ।
‘२४ जनाले पाउनुपर्ने तलब कोषबाट लिइसके, १० जनाको नाममा चेक काटिएको छ तर उहाँहरूसँग सम्पर्क हुन सकेको छैन,’ नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलीले भने, ‘उहाँहरूको सम्पर्क नम्बर दिलाइदिन हामीले नेपाल सरकारलाई अनुरोध गरेका छौ ।’ मर्करी खाडी र अफ्रिकाभर मेकानिकल, इन्जिनियरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्ने अग्रणी कम्पनी हो। कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया