काठमाडौं । दलित समुदाय नेपाली समाजका सीप र कलाको पारखी, मिहिनेती, ऐतिहासिक श्रमजीवी समुदाय हो । तर यो समुदायलाई सामन्तवादी राज्यसत्ता, मनुवादी दर्शन र संस्कृतिले अछुतको दर्ज्यानी पहिर्याएर सामाजिक जीवनका समग्र क्षेत्रबाट पछाडि धकेल्दै आयो ।
यो प्रवृत्ति सामन्ती शासकमा हुनु स्वाभाविकै थियो तर आफूलाई मार्क्सवादी कम्युनिस्ट भन्ने केपी ओलीमा पनि देखिनु विडम्बना हो । दलित समुदायकै सबैभन्दा बढी मत पाएर प्रधानमन्त्री भएका ओलीले प्रचण्डको सिफारिसमा प्रदेश २ का प्रमुखको जिम्मेवारी पाएका दलित आन्दोलनका ऐतिहासिक पात्र तिलक परियारलाई एकाएक प्रजातन्त्र दिवसकै दिन पारेर बरखास्त गर्नु संयोग मात्रै होइन ।
बरखास्त गर्दा स्वयम् व्यक्तिले जानकारी पाउने मानव अधिकारको अन्तर्राष्ट्रिय स्थापित मान्यतालाई समेत कुल्चनुले ओली कति निरंकुश र अनैतिक छन् भन्ने पुष्टि भएको छ, उनी दलितप्रति कति अनुदार छन् र दलित मुद्दाप्रतिको बुझाइ कति निम्छरो र दयनीय छ भन्ने पनि छर्लंग भएको छ ।
यसले ‘केही झर्ला र खाउँला’ भनेर उनको पछि लाग्ने दलित नेताहरू पनि नराम्ररी झस्किएको हुनुपर्छ । दलित मुक्ति आन्दोलनको इतिहासमा सिंगो दलित समुदायको मानमर्दन र अपमान हुने गरी भएको हठात् बरखास्तगीको परिघटना सामान्य हुँदै होइन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया