मोजाम्बिकमा हतियारधारीको वितण्डा, दर्जनौं व्यक्ति मारिए

लोकपथ
0
Shares

एजेन्सी । मोजाम्बिकको पाल्मा बस्तीमा भएको आक्रमणमा दर्जनौं व्यक्ति मारिएको सुरक्षा विभागका प्रवक्ता ओम सारङ्गाले जनाएका छन् । गत बुधवारदेखि यो क्षेत्र इस्लामिक हतियारधारीको निशानामा छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार धेरै मानिसहरु होटलबाट भागेर डुंगामा सवार हुँदै अर्को बस्तीतर्फ लागेका थिए । यसक्रममा होटलबाट भाग्न खोजेका ७ जनाको पनि मृत्यु भएको मोजाम्बिकको प्रवक्ता सारङ्गाले बताए ।

अहिले के भइरहेको छ ?

७५ हजार जनसंख्या बस्ने काबो डेल्गाडो प्रान्तस्थित पाल्मामा ठ्याक्कै कति मारे भन्ने स्पष्ट छैन । यद्यपी, बस्ती र समूूद्री किनारमा लाशहरु छरिएको देखिएको छ । केही लाशको टाउको छुुट्टिएको अवस्थामा रहेको निजी सुरक्षा कम्पनी डाइक एडभाइजरी ग्रुुपका लियोनल डाइकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?