त्रिदेशीय फुटबल फाइनल : नेपालले उपाधि जित्ने सम्भावना कति ?

लोकपथ
0
Shares

काठमाडौं । त्रिदेशीय फुटबल खेलमा आज नेपाल र बङ्गलादेशसँग फाइनल खेलको लागि भिड्दै छ । साँझ ५:३० बजे दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपाल बङ्गलादेशसँगै खेल्नेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । यस अघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरीमा सकिएको थियो ।

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले बंगलादेशसँग साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७–७ पटक भिडेका छन् ।

May be an image of one or more people, people standing and grass

पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो । २०७५ सालको भदौंमा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

नेपालविरुद्ध बंगलादेश हेड टु हेड

२७ मार्च २०२१ नेपालविरुद्ध बंगलादेश (०–०) मैत्रीपुर्ण

१७ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–०) – मैत्रीपुर्ण

१३ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–२) – मैत्रीपुर्ण

८ सेप्टेम्वर २०१८ नेपालविरुद्ध बंगलादेश (२–०) –साफ च्याम्पियनसिप

१५ जनवरी २०१६ नेपालविरुद्ध बंगलादेश (०–०) – बंगबन्धु

१७ डिसेम्वर २०१५ नेपालविरुद्ध बंगलादेश (०–१) मैत्रीपुर्ण

३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश (२–०) – साफ

४ मार्च २०१३ नेपालविरुद्ध बंगलादेश (०–२) एसियन कप

२० सेप्टेम्वर २०१२ नेपालविरुद्ध बंगलादेश (१–१) – मैत्रीपुर्ण

४ डिसेम्वर २०११ नेपालविरुद्ध बंगलादेश (१–०) – साफ

१० डिसेम्वर २००५ नेपालविरुद्ध बंगलादेश (०–२) –साफ

११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ

४ अक्टोवर १९९९ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ

२९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ

२३ डिसेम्वर १९९५ नेपालविरुद्ध बंगलादेश (१–२) –साफ

२७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ

२८ डिसेम्वर १९९१ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ

३० नोभेम्वर १९८७ नेपालविरुद्धबंगलादेश (१–०) – साफ

२६ सेप्टेम्वर १९८६ नेपालविरुद्ध बंगलादेश (०–१) – एसियन गेम्स

१ अक्टोवर १९८४ नेपालविरुद्ध बंगलादेश (४–२) – साफ

३० सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ

२५ सेप्टेम्वर १९८४नेपालविरुद्ध बंगलादेश (४–२) – साफ

२१ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ

२२ सेप्टेम्वर १९८३ नेपालविरुद्ध बंगलादेश (०–१) – मर्डेका कप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?