चार दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी ४ दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण चारदिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमवार बसेको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो ।

उक्त बैठकको निर्णय अनुसार भोलि (मंगलवार) देखि शुक्रवारसम्म सबै शिक्षण संस्था बन्द रहनेछन् ।

शिक्षामन्त्री श्रेष्ठले बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

मौसम प्रतिकुलताको कारण विद्यार्थीहरुको स्वास्थ्यमाथि प्रतिकुल असर पर्ने भएकाले शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको शिक्षामन्त्री श्रेष्ठले जानकारी गराएका थिए ।

यद्यपी पूर्व निर्धारित परीक्षाहरु भने सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?