अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेको विषयमा एमाले नेत्री रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र पार्टीका उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षका नेता आक्रोशित भएका हुन् ।

यसै क्रममा नेत्री रामकुमारी झाँक्रीले अरूलाई अपमान र कारवाही गर्नु कमजोरहरूको अन्तिम अस्त्र भन्दै कारवाही गर्ने पक्षलाई चेतावनी दिएकी छन्।

सांसद समेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएपछि सामाजिक सञ्जालमा लेख्दै भनिन्-  ‘कमजोरहरूको अन्तिम अस्त्र हो(जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारवाही गर्ने। हेक्का होस्– पृथ्वी गोलो छ।’

सोमवार अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट निलम्बन गरिएको घोषणा गरेको पत्र पठाएका थिए अझै ‘नसच्चिए’ थप कारवाही गरिने चेतावनी उनले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?