शिक्षक अभावका कारण हजारौं विद्यालय बन्द

लोकपथ
0
Shares

एजेन्सी । शिक्षक अभावका कारण पाकिस्तानका हजारौं सार्वजनिक विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । पाकिस्तानको सिन्ध प्रान्तमा शिक्षकहरुको अभावले विधालय बन्द हुने अवस्थामा पुगेका हुन् ।

शिक्षकको अभावमा सिन्ध प्रान्तका छ हजार आठ सय ६६ विद्यालयहरु बन्द रहेको सिन्ध उच्च अदालतले जनाएको हो । अन्य सात हजार नौ सय ७४ विद्यालयहरु अन्योल अवस्थामा छन् ।

प्राथमिक तहका लागि ३२ हजार पाँच सय दश शिक्षक र सो भन्दा तल्लो तहका लागि १४ हजार ३९ शिक्षक आवश्यकता रहेको शिक्षा सचिवले सिन्ध उच्च अदालतमा बताएका छन् ।

सिन्ध प्रान्तमा अधिकारकर्मीहरुले बालबालिकाको शिक्षा सम्बन्धि ऐन २०१३ कार्यन्वयन हुनुपर्ने माग गर्दै अदालतमा अपिल गरेपछि शिक्षा सचिवले वर्तमान अबस्थाबारे जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?