आफ्नै घरमा २५ वर्षीया महिलामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । ओखलढुंगामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभञ्ज्याङ गाउँपालिका-५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राईलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई बिहीवार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?