वायु प्रदूषण केही दिन अझै यथावत रहने : मौसम विभाग

लोकपथ
0
Shares

काठमाडौं । शुक्रवारसम्म वायु प्रदूषण यथावत रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नआउँदा केही दिनबाट देखिएको प्रदूषण शुक्रवाररसम्म रहने विभागले जनाएको हो ।

यसअघि मौसमविद्हरुले हावाको गति तिव्र बढ्ने र वायु प्रदूषण हट्ने पूर्वानुमान गरेका थियौंं । तर, हावाको गति बढेन । त्यसैले वायु प्रदूषण हट्न नसकेको मौसमविद्हरुले जनाएका छन् ।

पश्चिमी मौसमी प्रणाली केही रहे पनि त्यो स्ट्रङ भइसकेको छैन्, त्यसैले तत्काल पानी पर्ने सम्भावना पनि रहेको छैन् । ठूलो पानी नपरेसम्म वायु प्रदूषण नहट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

वायु प्रदूषण उच्च भएकै कारण सरकरले हिजोबाट चार दिनका लागि विद्यालय बन्द गराएको छ । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?