काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले फराकिलो जित हात पारेको छ ।
मंगलवार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो । खेलको १४ औं मिनेटमा बात्सुआईको गोलमा अग्रता बनाएको बेल्जियमले १७ औं मिनेटमा हान्सको गोलमा अग्रता दोब्बर बनायो ।
खेलको ३८ औं मिनेटमा लिन्ड्रोले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । डोकुले ४२ औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४-० को अग्रता बनायो ।
दोस्रो हाफमा समेत बेल्जियमले गोल गर्ने क्रमलाई निरन्तरता दियो । खेलको ४९ औं मिनेटमा डेनिसले गोल गर्दा बेल्जियम ५-० ले अघि रह्यो ।
खेलको ७० औं मिनेटमा बेन्टेकेले गोल गर्दै बेल्जियमलाई ६-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा लिन्ड्रो र ८९ औं मिनेटमा हान्सले व्यक्तिगत दोस्रो गोल पूरा गर्दा बेल्जियम ८-० ले विजयी भयो ।
यस जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ ।
समूह ई को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।
२ खेलमा ३ अंक जोडेको बेलारुस चौंथो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया