काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलले लक्जेम्बर्गमाथि शुरुवाती अग्रता उल्टाएर पुनरागमन जित हात पारेको हो । खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अघि रह्यो । पोर्चुगलका लागि उनको यो १ सय ३ औं गोल हो ।
त्यसपछि खेलको ८० औं मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।
खेलको ८७ औं मिनेटमा म्याक्सिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै समूह ए को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ । पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।
लक्जेम्बर्ग २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया