काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २२ र २३ मा हुने जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन आयोजना गर्दैछन् ।
बाइडनले ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई सो कार्यक्रमको लागि निम्तो पठाएका छन् । दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ ।
ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुनेछन् ।
त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने छन् । तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् ।
जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । त्यस हिसाबले नेपाल प्राथमिकतामा पर्नु पर्ने हो तर किन परेन भन्ने प्रश्न उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया