काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।
आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने र निर्णय लिन सकिने बताइएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एकता भंग भई पूर्ववत् अवस्थामा फर्किए पनि माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने समेत बताएका थिए । बैठक ९ बजेपछि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया