काठमाडौं । मोरङ जिल्ला फुटबल संघले महिला रेफ्री जमुना मगरमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षकलाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ ।
मोरङ जिल्ला फुटबल संघले रेफ्री मगरमाथि हातपात गर्ने ६ खेलाडी र १ प्रशिक्षकलाई प्रतिबन्ध लगाएको हो ।
मोरङको पथरीशनिश्चरे शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा वडा नम्बर १० का खेलाडीले मगरमाथि हातपात गरेका थिए ।
रेफ्रीमाथि हातपात गर्ने मध्ये राज तामाङ, सनम मुडीयारी, सोनाम कार्की र पुस्कर राईलाई संघले २ वर्षको प्रतिबन्ध लगाएको छ ।
यस्तै संजोक तामाङ र आकाश धिमाललाई १ वर्षको प्रतिबन्ध गरिएको छ ।
प्रशिक्षक राजन लिम्बुलाई १८ महिनाको प्रतिबन्ध लगाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया